Market Closed

आइएमई जनरल मर्जमा जान तयार : लगानीकर्तालाई ५% बोनस, आइतबार एजीएम

12 Jul,2019
  • igi_3_30_2018_11_08_25_5_9_2018_11_09_22_6_20_2018_10_42_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सले ५% बोनस सेयर प्रस्ताव पारित गर्न आइतबार (असार २९ गते) वार्षिक साधारण सभा बोलाएको छ । इन्सुरेन्सले हाल कायम ९७ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीको ५% बोनस सेयर दिन लागेको हो । अब सभाले अनुमोदन गरेपश्चात बोनस सेयर वितरण हुनेछ । बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैंले व्यहोर्नुपर्नेछ । यसबाट आम लगानीकर्ताका लागि भने निकै झन्झटिलो हुनेछ । 
 
प्रस्तावित बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्व २ करोड ६ लाख रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । यस्तै, लेखापरीक्षकको नियुत्ती तथा पारिश्रमिक तोक्ने अर्को एजेन्डा छ । 
 
उपयुक्त कम्पनीसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार पनि सञ्चालक समितिाई दिने प्रस्ताव अघि सार्दैछ । सभा प्रयोजनका लागि असार १५ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गरेको छ । असार १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् । सभा लैनचौर ब्यांकेट्स,  काठमाडौंमा बिहान ११ बजे सुरु हनेछ ।

आइएमई जनरल इन्सुरेन्सको साधारण सभा सम्बन्धी विस्तृत जानकारी यहाँबाट लिनुहोस् । 

Post Your Comment