Market Closed

आइएमई जनरलको साधारण सभा सम्पन्न, बोनस सेयर पारित

14 Jul,2019
  • ime_general_img_7_14_2019_6_46_12.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सको साधारण सभा सम्पन्न भएको छ । सभाले सेयरधनीलाई ५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले हाल कायम ९७ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीको ५% बोनस सेयर दिएको हो । बोनसमा लाग्ने कर भने सम्बन्धित सेयरधनी आफैंले व्यहोर्नुपर्नेछ । यसबाट आम लगानीकर्ताका लागि भने निकै झन्झटिलो भएको छ । 
 
 बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्व २ करोड ६ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा नोक्सान हिसाब गरी पारित गर्ने एजेन्डा पनि अनुमोदन भएको छ । यस्तै, लेखापरीक्षकको नियुत्ती तथा पारिश्रमिक तोक्ने अर्को एजेन्डा पारित भएको छ। 
 
उपयुक्त कम्पनीसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार पनि सञ्चालक समितिाई दिने प्रस्ताव समेत सभाले पारित गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले असार १५ गतेदेखि असार २९ गतेसम्म बुक क्लोज गरेको थियो । असार १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो लाभांश पाउँछन् । 

Post Your Comment