Market Closed

आइएमई जनरलमा तपाईंको पनि लाभांश लिन बाँकी छ कि ?

23 Aug,2019
  • dividends_cubes_8_23_2019_4_13_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्समा लगानीकर्ताको डेढ दशक देखिको नगद लाभांश त्यसै थन्किएर बसेको छ । आर्थिक वर्ष २०६२–६३ सम्मको नगद लाभांश कतिपय लगानीकर्ताले अझै लिन बाँकी रहेको कम्पनीले जानकारी गराएको छ । नगद लाभांश लिन बाँकी रहेकाहरुले भदौ ६ गते देखि लागू हुने गरी १ महिनाभित्र आइएमई जनरलको केन्द्रीय कार्यालय नारायणचौर नक्साल काठमाडौंमा आफ्नो परिचयपत्र सहित सम्पर्क गर्नुपर्नेछ ।

१ महिना सम्ममा पनि नलैजाने लगानीकर्ताको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कानुनी प्रावधान छ । त्यसपछि लगानीकर्ताले प्रमाण सहित लगानीकर्ता संरक्षण कोषमा गएर लाभांश दाबी गर्नुपर्ने हुन्छ ।
 

Post Your Comment