Market Closed

आइएमई जनरलको प्रतिसेयर आम्दानीमा संकुचन

22 Nov,2019
  • igi_3_30_2018_11_08_25_5_9_2018_11_09_22_6_20_2018_10_42_11.jpg
नेपाली पैसा
 
काठमाडौं : आइएमई जनरल इन्सुरेन्सको प्रतिसेयर आम्दानीमा संकुचन आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६ पैसाले घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ । भारीमा मात्रामा पुँजी वृद्धि गरिनु, त्यस अनुसार नाफा वृद्धि हुन नसक्नु लगायत कारण प्रतिसेयर आम्दानी तल झरेको हो ।प्रतिसेयर आम्दानीले घट्दा लगानीकर्ताले पाउने लाभांश वा प्रतिसेयर लाभ पनि थोरै हुने देखिन्छ । 

यस आर्थिक वर्षको असोज मसान्तमा कम्पनीको चुक्ता पुँजी ८९% ले बढेको छ । तर, खुद नाफा भने ५.०५% ले मात्रै वृद्धि भएको छ । पुँजी बढाए अनुपातमा नाफा विस्तार गर्न नसकेको यो तथ्यले स्पष्ट पार्छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ९५ पैसा रहेको छ । 


 

Post Your Comment