Market Closed

इन्फिनिटी लघुवित्तको १५% लाभांशमा यस्तो छ बुक क्लोज तालिका

13 Jan,2021
  • book_closue_1_13_2021_12_14_35.jpg
नेपाली पैसा 
 
काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय सस्ंथाले माघ २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले १५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैैछ । कम्पनीले गत वर्षको नाफाबाट १४.२५% बोनस र कर प्रयोजनका लागि ०.७५% नगद वितरण गर्न थालेको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश हुनेछ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभाका प्रयोजनका लागि यसले माघ ९ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । माघ ८ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 
 

Post Your Comment