नेप्सेमा फेरि थपियो २ करोड ३७ लाख ९९ हजार कित्ता सेयर, ५ कम्पनीको बोनस र हकप्रद सूचीकृत

03 Apr,2018
  • Listing_4_3_2018_12_05_51.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार ५ वटा कम्पनीको कुल २ करोड ३७ लाख ९९ हजार ३२४.४३ कित्ता सेयर सूचीकृत भएको छ । यसमध्ये २ करोड ३७ लाख ९७ हजार ७७०.४३ कित्ता बोनस र १ हजार ५५४ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । सबैभन्दा धेरै सिटिजन्स बैंक इन्टरनेसलनको मात्रै १ करोड ११ लाख १५ हजार ४६७ कित्ता बोनस सेयर रहेको छ । 



सिटिजन्सकोे १६% बोनस सेयर सूचीकृत भएको हो । नेपाल बंगलादेश बैंकको १२% बोनस र १ हजार ५५४ कित्ता हकप्रद सेयर पनि नेप्सेमा थपिएको छ । यसैगरी, ज्योतिले १०% र सहयोगी विकास बैंकले २०% बोनस सेयर पनि नेप्सेमा सूचीकरण गराएका छन् । यता, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको पनि २०% नै बोनस सूचीकृत भएको छ ।
 

Post Your Comment