Market Closed

ज्योतिको ११.७ प्रतिशत बोनस राष्ट्र बैंकले गर्यो अनुमोदन, एक सय प्रतिशत हकप्रद तयारी

07 Dec,2016
  • Jyoti-Bikash-Bank_12_7_2016_4_21_20.jpg
नेपाली पैसा 
 
काठमाडौं :   ज्योति विकास बैंकको ११.७ प्रतिशत बोनस राष्ट्र बैंकले अनुमोदन गरेको छ । 
बैंकको यो बोनस सेयर प्रस्तावलाईृ अब साधारण सभाले अनुमोदन गर्नुपर्नेछ ।

ज्योतिले ११.७ प्रतिशत बोनस सेयर दिएपछि कायम हुने चुक्ता पुँजीमा फेरि एक सय प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । 
 
 ज्योतिले चुक्ता पुँजी बढाउन हकप्रद र बोनसको धमाका ल्याएको हो । बैंकको अहिले चुक्ता पुँजी ९८ करोड ७० लाख २८ हजार रूपैयाँ छ । बैंकको रिजर्भ कोषमा ३० करोड ७२ लाख आठ हजार रूपैयाँ छ । 
 
ज्योतिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड ३५ लाख ७६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रूपैयाँ ६६ पैसा छ । 
 

Post Your Comment