ज्योति विकास बैंकको साधारण सभा पुस ३० मा, बुक क्लोज कहिले ?

22 Dec,2017
  • Jyoti-bikas-bank-Lt_12_22_2017_12_14_54.jpg
नेपाली पैसा
 
काठमाडौं : ज्योति विकास बैंकले पुस ३० गते साधारण सभा बोलाएको छ । बैंकले साधारण सभामा आफ्ना सेयरधनीलाई १०% (२२ करोड ६३ हजार ४२० रुपैयाँ) बोनस सेयर दिने प्रस्ताव गर्दैछ । यसैगरी, हालै ज्योतिले एक्वायर गरेको राप्तीभेरी विकास बैंकका सेयरधनीले भने ६% बोनस सेयर पाउने भएका छन् । बैंकले तत्कालीन राप्तीभेरीको सञ्चालक समितिले पारित गरेको वित्तीय विवरणका आधारमा राप्तीभेरीका सेयरधनीलाई ६% बोनस सेयर दिने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । ज्योतिले राप्तीभेरीलाई एक्वायर गरी कात्तिक ८ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । यस्तै, बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजानेछ । साधारण सभाका लागि बैंकले पुस १६ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । यसआधारमा, पुस १५ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बिहान ११ बजेदेखि सुरु हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकले ४ करोड ५२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १८ पैसा छ । 
 
 
 
 

Post Your Comment