Market Closed

ज्योतिको पनि १०% बोनस सुरक्षित गर्ने बिहीबार नै अन्तिम मौका, पुस ३० मा साधारण सभा

28 Dec,2017
  • Jyoti-bikas-bank-L_12_28_2017_11_23_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : ज्योति विकास बैंकको १०% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । पुस ३० मा एजिएम गर्न बैंकले (पुस १६ गते) देखि बुक क्लोज गर्दैछ । पुस १४ गते शुक्रबार र १५ गते शनिबार भएकाले बोनस सुरक्षित गर्न बिहीबार नै सेयर किनिसक्नुपर्ने हुन्छ । साधारण सभामा ज्योतिले एक्वायर गरेको राप्तीभेरी विकास बैंकका सेयरधनीले भने ६% बोनस सेयर पाउने प्रस्ताव पेश हुनेछ । बैंकले तत्कालीन राप्तीभेरीको सञ्चालक समितिले पारित गरेको वित्तीय विवरणका आधारमा राप्तीभेरीका सेयरधनीलाई भने ६% मात्र बोनस सेयर दिने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो । ज्योतिले राप्तीभेरीलाई एक्वायर गरी कात्तिक ८ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । यस्तै, बैंकले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव साधारण सभामा लैजानेछ । साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा बिहान ११ बजेदेखि सुरु हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ज्योति विकास बैंकले ४ करोड ५२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ १८ पैसा छ । 
 
 
 

Post Your Comment