जनता बैंकको २ करोड २७ लाख कित्ता सेयर सूचीकृत, जनउत्थान लघुवित्तको पनि बोनस भयो सूचीकरण

10 Aug,2017
  • Janata-bank-_8_10_2017_4_45_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनता बैंकको २ करोड २७ लाख ६ हजार ६८१.६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जनताले सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि सिद्धार्थको सेयर आफ्नो नाममा सूचीकरण गरेको हो । जनता बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकबीच गत असार ३० गतेदेखि एकीकृत कारोबार सुरु भएको हो । जनताले सिद्धार्थलाई १ः१ स्वाप रेसियोमा एक्वायर गरेको हो । चुक्ता पुँजी बढाउने क्रममा रहेको जनताले यसअघि त्रिवेणी विकास बैंकलाई मर्ज गरिसकेको छ । यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ४० हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । 
 

Post Your Comment