जनता बैंकको १४.४% बोनसमा पनि भयो भाउ समायोजन, कतिमा खुल्यो कारोबार ?

26 Dec,2017
  • Janata-bank-nepal-Lt_12_26_2017_11_07_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनता बैंकको १४.४% बोनस सेयरमा भाउ समायोजन भएको छ । समायोजित भाउ प्रतिकित्ता २०४ रुपैयाँ आएको छ । मंगलबार यसको सेयर कारोबार पनि यही समायोजित मूल्यलाई आधार मानेर खुलेको हो । जनताको औसत आधार मूल्य भने २५३ रुपैयाँ छ । जनताले पनि पुस २८ मै साधारण सभा गरेर १४.४% बोनस सेयर दिन लागेको हो । बैंकले कर तिर्न नगद भने दिएको छैन । कर तिर्ने रकम सेयरधनी आफैले व्यहोर्नुपर्नेछ । । हाल बैंकको चुक्ता पुँजी  ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रुपैयाँ रहेको छ । १४.४०% बोनस सेयर दिइसकेपछि चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९८५ रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६ करोड ४८ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६ पैसा छ ।
 
 
 
 
 

Post Your Comment