Market Closed

जनता बैंकको नाफा ९०.२५% बढ्दा इपीएस पनि सुधार, रिजर्भ कोषमा आकर्षक प्रगति

07 Feb,2019
  • Janata-bank-nepal-Lt__1_28_2018_12_35_10.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंक नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड ४६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष भन्दा नाफा ९०.२५% ले बढाएको हो । गत वर्ष बैंकले ३३ करोड ३५ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा २७ करोड १७ लाख ३९ हजार रुपैयाँबाट बढेर ५३ करोड ४ लाख १७ हजार रुपैयाँ पुगेको छ । 
 
यता, खुद ब्याज आम्दानी ४७.८६% ले बढाएर १ अर्ब ५८ करोड २१ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकले १ अर्ब ७ करोड २५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । सञ्चालन नाफामा पनि ६६.५३% सुधार भएको छ । गत वर्ष १ अर्ब ५ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा अहिले १ अर्ब ७६ करोड २१ लाख ९१ हजार रुपैयाँ पुगेको छ । 
 
गत वर्ष ५२ अर्ब ८० करोड १३ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यस वर्ष बढाएर ६८ अर्ब ४३ खकरोड ८४ हजार २३ रुपैयाँ पुर्याएको छ । कर्जा लगानी पनि ४८ अर्ब २६ करोड ६५ लाख ५९ हजार रुपैयाँबाट बढाएर यस वर्ष ६३ अर्ब ६५ करोड १० लाख ३२ हजार रुपैयाँ पुर्याएको छ । जनताले खराब कर्जा गत वर्ष भन्दा १.१२% ले घटाएर १.५३% मा झारेको छ ।
 
यता, पुस मसान्तसम्म जनाताको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा जगेडा कोष १६९.२१% ले बढाएर ३ अर्ब ३ करोड ८६ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकको जगेडा कोषमा १ अर्ब १२ लाख २८ हजार जम्मा भएको थियो । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८७ पैसा रहेको छ । प्रतिसेयर आम्दानी गत वर्ष भन्दा ९ रुपैयाँ ८ पैसाले बढेको हो । गत वर्ष यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा छ ।
 

Post Your Comment