Market Closed

जनता बैंकले पाल्पामा खोल्यो नयाँ एक्स्टेन्सन काउन्टर

14 Feb,2019
  • Janata-bank-nepal-Lt__1_28_2018_12_35_10.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंक नेपालले पाल्पा जिल्लाको रम्भा गाउँपालिका वडा नम्बर ३ मा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बुधबारदेखि उक्त एक्स्टेन्सन काउन्टरबाट कारोबार पनि सुरु गरेको छ । सोही गाउँपालिकामा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउन्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोबार गरिने बैंकले जनाएको छ ।
 
राजस्वका साथै उक्त क्षेत्रका उद्यमी, व्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्नेछन् । बैंकको शाखा संख्या १२८ शाखा पुगेको छ । यसैगरी, ५० शाखारहित बैंकिङ केन्द्र, ७९ एटीएम, १ सिमीत बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् । आगामी दिनमा आफ्नो शाखा संजाल विस्तार गर्दै देशभर उपस्थिति जनाउने बैंकले योजना बनाएको छ । 
 

Post Your Comment