Market Closed

जनता बैंकले आयोजना गर्यो निःशुल्क स्वस्थ्य शिविर, १ हजार जनाको स्वास्थ्य परीक्षण

25 Feb,2019
  • 2_2_25_2019_11_40_56.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंक नेपालले रामेछापको दोरम्बा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर तथा स्तन क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फागुन ८, ९ र १० गते आँखा परिक्षण तथा मोतिविन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको बैंकले जनाएको छ । 
 
नेपाल नेत्र ज्योति संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा रोज फाउन्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
 
स्वास्थ्य शिविरहरुमा १ हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ ।  जसमध्ये ५७ जनाको शिविर स्थलमै मोतिविन्दुको शल्यक्रिया गरिएको छ । बिरामीहरुलाई आवश्यक औषधी र चश्मा पनि निःशुल्क वितरण गरिएको छ ।

Post Your Comment