Market Closed

जनता बैंकको सेयर रजिष्ट्रार परिवर्तन, अब काम जनता क्यापिटलले गर्ने

31 Mar,2019
  • Janata-bank-nepal-Lt__1_28_2018_12_35_10.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंकको सेयर रजिष्ट्रारको काम जनता क्यापिटल लिमिटेड, थापाथलीले गर्ने भएको छ । अब जनता बैंकको सेयरसम्बन्धी अभिलेख राख्ने, दाखेल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु जनता क्यापिटलले गर्नेछ ।
 
यसअघि भने जनताकोे सेयर रजिष्ट्रारको काम बीओके क्यापिटल (साविकको काठमाडौं क्यापिटल) ले गर्दै आएको थियो । जनता क्यापिटलले वैशाख २ गते देखि सेयर रजिष्ट्रारको काम सुरु गर्नेछ । जनता क्यापिटल जनता बैंकको सहायक कम्पनी हो ।
 
साथै, जनताले सेयर रजिष्ट्रारलगायत अन्य कार्यको हिसाब मिलान गर्न चैत १८ गतेदेखि ३० गतेसम्म बीओकेमा कारोबार बन्द रहने समेत जनाएको छ । 

Post Your Comment