Market Closed

जनता बैंक १०औं वर्षमा प्रवेश, यसरी मनायो उत्सव

08 Apr,2019
  • DSC_1727_4_8_2019_12_58_59.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंकले १० औं वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । बैंक चैत २३ गते ९ वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभातफेरी, निः शुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । यस्तै, कैलाली अत्तरीयास्थित महिला तथा वालवालिका संरक्षण घरलाई शैक्षिक तथा सरसफाई साम्रगी हस्तान्तरण गरेको छ । 
 
बैंकले १० औं वर्ष प्रवेशको अवसरमा मुर्गिया शाखाबाट निःसहाय तथा जेहनदार विधार्थीहरुलाई शैक्षिक साम्रगीहरु हस्तान्तरण गर्नुका साथै महेन्द्रनगर र नारायगढ शाखाबाट वृद्धाआश्रमहरुमा खाना खुवाउने व्यवस्था गरिएको जनाएको छ । यसैगरी, सरकारी स्कूलमा अध्ययनरत २ जना विद्यार्थीलाई १० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको छ ।
 
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘स्वस्थ्य नारी पहल’ अभियान सञ्चालन गरी देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जनाएको छ । स्वास्थ्य शिविरमा १२ सय भन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् । १०औं वर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालय थापाथलीसहित सुर्खेत, घोराही, नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायत शाखाहरुमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

Post Your Comment