Market Closed

जनता बैंकले सार्वजनिक गर्यो आकर्षक रिपोर्ट, नाफासँगै अन्य सूचकमा उत्साहजनक सुधार

13 May,2019
  • Janata-bank-nepal-Lt__1_28_2018_12_35_10.jpg
नेपाली पैसा
 
काठमाडौं : जनता बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकको खुद नाफासहित प्रतिसेयर आम्दानी तथा अन्य सूचकमा उत्साहजनक वृद्धि भएको छ । चैत मसान्तसम्म आइपुग्दा बैंक अर्बपतिको सूचीमा उक्लिन सफल भएको छ ।
 
जनताले यस अवधिमा १ अर्ब २ करोड ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिको तुलनामा नाफा ६०.५६% ले बढी हो । गत वर्ष यस अवधिमा ६३ करोड ७५ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा ६१ करोड ७३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
 
जनताको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आर्कषक वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४६.६३% ले बढेर २ अर्ब ४५ करोड ९ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ६७ करोड १६ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 
 
यता, बैंकले सञ्चालन नाफा ५६.२८% ले बढेर १ अर्ब ४७ करोड २८ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकले ९४ करोड २३ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 
 
चैत मसान्तसम्म जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ राखेको छ । रिजर्भमा गत वर्ष १ अर्ब ३४ करोड ८७ लाख ३३ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, रिटेन्ड् अर्निङमा ६२ करोड ३३ लाख ७१ हजार रुपैयाँ राखेको छ ।
 
यस अवधिमा बैंकले सेवाग्राहीबाट ७० अर्ब ४४ करोड ९७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६४ अर्ब ७० करोड १० लाख ८७ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकले गत वर्ष १.९५% रहेको खराब कर्जा घटाएर अहिले १.२१% मा सीमित गरेको छ । यस अवधिमा बैंकको आधारदर ११.६६% रहेको छ ।  
 
यता, जनताको प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार भएको छ । प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६ रुपैयाँ ४३ पैसाले बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १० रुपैयाँ ६३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा रहेको छ ।

जनता बैंकको वित्तीय विवरण हेर्नुहोस् ।

Post Your Comment