Market Closed

ग्लोबलसँग मर्जमा जान लागेको जनता बैंकको नाफा ३४.१२% ले बढ्दा अन्य सूचक कस्तो ?

15 Aug,2019
  • Janata-bank-nepal-Lt_8_15_2019_8_45_45.jpg
नेपाली पैसा

काठमाडौं : जनता बैंक नेपालले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । बैंकले अघिल्लो वर्षको तुलनामा खुद नाफा ३४.१२% ले बढाएर १ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको यसै अवधिमा बैंकले १ अर्ब २७ लाख ७९ हजार नाफा गरेको थियो । बैंक वितरण योग्य नाफा ९७ करोड २६ लाख ४९ हजार रुपैयाँ छ । 
 
बैंकको खुद ब्याज नाफा र सञ्चालन नाफा क्रमशः ४२.२६% र ५१.०६% ले बढाएको छ । जसको कारण नाफा बढ्नलाई सहयोग पुगेको हो । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २८ पैसाले बढेर १६ रुपैयाँ ८१ पैसा पुगेको छ । नेटवर्थ १३३ रुपैयाँ ५४ पैसा छ । गत वर्षको तुलनामा नेटवर्थ ११ रुपैयाँ ९६ पैसाले घटेको हो । 

जनताले ग्लोबल आइएमई बैंकसँग मर्जमा जाने सहमति पत्रमा हस्ताक्षर गरिसकेको छ । जसको कारण बैंकको दोस्रो बजारमा सेयर कारोबार रोक्का छ ।  

Post Your Comment