Market Closed

जेबिल्सले वैशाख २० गते गर्ने भयो एजीएम, १.२४% बोनस र एक्विजिसन मुख्य प्रस्ताव

10 Apr,2019
  • Jebils-finance-_6_2__8_12_2_8_13_2018_10_38_40.jpg
नेपाली पैसा
 
काठमाडौं : जेबिल्स फाइनान्सले १.२४% बोनस सेयर दिने प्रस्तावसहित वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सले बोनसमा लाग्ने कर तिर्न ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्नेछ । कम्पनीले हालै लिलामीमा बिक्री गरेको सेयरपछि कायम भएको ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश दिने प्रस्ताव गरेको हो । 
 
तसर्थ, लिलामी सेयर भर्ने लगानीकर्ताले पनि उक्त लाभांश पाउने भएका छन् । यस्तै, मर्जर तथा एक्विजिसन सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुनेछ । जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले किन्ने सम्झौता भएको छ । सम्झौतापछि नेप्सेमा जेबिल्सको सेयर कारोबार फागुन २७ गतेदेखि बन्द रहेको छ ।
 
साधारण सभा गर्न कम्पनीले वैशाख ५ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । नेप्सेमा सेयर कारोबार बन्द रहेकाले प्रस्तावित लाभांश फागुन २७ गतेभन्दा अघिसम्म कायम रहेका र लिलामीमा सेयर किनेका लगानीकर्ताले मात्र पाउनेछन् । सभा कालिमाटी बैंक्वेट, कालिमाटी काठमाडौंमा बिहान ११ः४५ बज सुरु हुनेछ ।

जेबिल्सको साधारण सभाका एजेन्डाहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment