Market Closed

जेबिल्स फाइनान्सले तोक्यो बुक क्जोज मिति, कहिलेसम्म कायम सेयरधनीले पाउनेछन् लाभांश ?

15 Apr,2019
  • book_close_4_15_2019_10_27_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : जेबिल्स फाइनान्सले साधारण सभा गर्न वैशाख ५ देखि २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । इन्भेष्टमेन्ट बैंकले एक्यावर गर्न लागेकाले हाल जेबिल्सको नेप्सेमा सेयर कारोबार रोक्का छ । यसर्थ, प्रस्तावित लाभांश फागुन २७ गतेभन्दा अघि कायम रहेका र लिलामीमा सेयर किनेका लगानीकर्ताले मात्र पाउनेछन् । साधारण सभा कालिमाटी ब्यांकेट, कालिमाटी काठमाडौंमा बिहान ११ः४५ बजे सुरु हुनेछ ।
 
जेबिल्स फाइनान्सले १.२४% बोनस सेयर दिने प्रस्तावसहित वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले बोनसमा लाग्ने कर तिर्न ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि लैजानेछ । हालै लिलामीमा बिक्री गरेको सेयरपछि कायम भएको ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजीमा यो लाभांश दिन लागेको हो। 
 
 मर्जर तथा एक्विजिसन सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ । जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले किन्ने सम्झौता भएपछि  फागुन २७ गतेदेखि यसको कारोबार बन्द छ ।

जेबिल्सको साधारण सभाका एजेन्डाहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post Your Comment