Market Closed

जेबिल्स फाइनान्सको ४.८१% बोनस सेयरमा मूल्य समायोजन

18 Apr,2019
  • Jebils-finance-_6_2__8_12_2_8_13_2018_10_38_40.jpg
नेपाली पैसा
 
काठमाडौं : जेबिल्स फाइनान्सको ४.८१% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि बिहीबार यसको सेयर कारोबार प्रतिकित्ता १३९ रुपैयाँ ३० पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १३९ रुपैयाँ १५ पैसा छ । जेबिल्सले आर्थिक वर्ष २०७३÷७४ को नाफाबाट ३.५७% र २०७४÷७५ को नाफाबाट १.२४% गरी कुल ४.८१% बोनस सेयर दिने प्रस्तावसहित वैशाख २० गते वार्षिक साधारण सभा बोलाएको छ । 
 
कम्पनीले बोनसमा लाग्ने कर तिर्न ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि लैजानेछ । यसका लागि फाइनान्सले बिहीबारदेखि बुक क्लोज गरेको हो । कम्पनीले हालै लिलामीमा बिक्री गरेको सेयरपछि कायम भएको ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश दिन लागेको हो । 
 
इन्भेष्टमेन्ट बैंकले एक्यावर गर्न लागेकाले हाल जेबिल्सको नेप्सेमा सेयर कारोबार रोक्का छ । यसर्थ, प्रस्तावित लाभांश फागुन २७ गतेभन्दा अघि कायम रहेका र लिलामीमा सेयर किनेका लगानीकर्ताले मात्र पाउनेछन् । साधारण सभा कालिमाटी ब्यांकेट, कालिमाटी काठमाडौंमा बिहान ११ः४५ बजे सुरु हुनेछ । मर्जर तथा एक्विजिसन सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ ।

Post Your Comment