जेबिल्सलाई १.२४% बोनस वितरण गर्न राष्ट्र बैंकको अनुमति, इन्भेष्टमेन्ट बैंकमा बिलय हुँदै

08 Apr,2019
  • Jebils-finance-_6_2__8_12_2_8_13_2018_10_38_40.jpg
नेपाली पैसा
 
काठमाडौं : जेबिल्स फाइनान्सले लगानीकर्तालाई लाभांश वितरण गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । फाइनान्सले सेयरधनीलाई १.२४% बोनस सेयर दिन लागेको हो । राष्ट्र बैंकको स्वीकृति पाएकाले अब वार्षिक साधारण सभामा बोनस सेयर अनुमोदनका लागि पेश हुनेछ । साधारण सभाले पारित गरेपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ ।
 
फाइनान्सको चैत १३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १.२४% बोनसका साथमा कर तिर्न ५ लाख २८ हजार २९ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । फाइनान्सले हालै लिलामीमा सेयर बिक्री गरी चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुर्याएको छ। उक्त लिलामी सेयर भर्ने लगानीकर्ताले पनि प्रसवित लाभांश पाउनेछन् । 
 
यस्तै, जेबिल्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले किन्ने सम्झौता भएको छ । हाल लिलामीमा रहेको जेबिल्सको सेयर किन्ने लगानीकर्ता इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरधनी बन्नेछन् । नेप्सेमा भने जेबिल्सको सेयर कारोबार फागुन २७ गतेदेखि बन्द रहेको छ ।

Post Your Comment