Market Closed

लघुवित्त कम्पनीहरु कसले गरे एजीएम, कसको बाँकी अनि सेयर भाउ कति ? (तथ्यांकसहित)

17 Dec,2017
  • agm_12_17_2017_6_16_36.jpg
एलिजा उप्रेती 
 
काठमाडौं : नयाँ आर्थिक वर्षको पाँचौ महिना सकिएको छ । अब छैठौ महिना अर्थात् पुस भित्र सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभा गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।  त्यही भएर यतिबेला कम्पनीहरुलाई साधारण सभाको चटारो थपिएको छ । यही क्रममा हामीले नेप्सेमा सूचीकृत कति वटा लघुवित्तले साधारण सभा गर्न बाँकी छ अनि कति वटाले तयारी गरिरहेका छन् भनेर अध्ययन गरेका छौं । हालसम्म  १२ वटा लघुवित्त कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन भने ४ वटाले साधारण सभाको मिति तोकिसकेका छन् । सुर्योदय लघुवित्त, नेरुडे लघुवित्त, महिला सहयात्रा वित्तीय संस्था र रुरल माइक्रो फाइनान्सले यही पुस महिना भित्र साधारण सभा गर्दैछन् । साधारण सभा सम्पन्न गरेका १२ वटै माइक्रोफाइनान्स कम्पनीले लगानीकर्तालाई  निराश भने बनाएका छैनन । उनीहरुले लगानीकर्तालाई नगद लाभांश तथा बोनस सेयर दिएका छन् ।




साधारण सभा गरेका १२ कम्पनीमा माहुली सामुदायिक लघुवित्तले ५०%  बोनस सेयर र १०% नगद लाभांश दिने घोषणा सभाबाट पारित गराइसकेका छन् । माहुलीले बोनस र नगद लाभांश वितरण पछि कायम हुने चुक्ता पुँजीबाट ५०% हकप्रद दिने भनिसकेको छ । यता, नागबेली लघुवित्तले  पनि  ४५.६०% बोनस सेयर र कर तिर्न २.४०% नगद लाभांश दिने प्रस्तावलाई पारित गराइसकेको छ । बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको १००%  हकप्रद समेत निष्काशन गर्ने निर्णय समेत यो कम्पनीले गरिसकेको छ । उता, साधाराण सभाको मिति घोषणा गरेका ४ कम्पनीले पनि बोनस र नगद लाभांश प्रस्तावलाई मुख्य एजेण्डा बनाएका छन् । सूचीकृत अन्य १७ लघुवित्त कम्पनीले भने अझै साधारण सभाको मिति तय गर्न बाँकी नै छ । 
 
लघुवित्तको सेयर जहाँ लगानीकर्ता धेरै आकर्षित भइरहेको पाइन्छ 

पुँजी बजारमा सूचीकृत कम्पनीहरुमा प्रायजसोः लघुवित्त कम्पनीको सेयरले लगानीकर्ता आकर्षित गरिरहेको यी कम्पनीहरुको बजारमा कायम भाउबाट अनुमान लगाउन गाह्रो छैन । लघुवित्त कम्पनीहरुमा  आइतबार सबैभन्दा बढी सेयर मूल्य जनउत्थान सामुदायिक वित्तीय संस्थाको ३७ सय ५० रुपैयाँ देखिएको छ ।  यस्तै, फरवार्ड कम्युनिटीको ३४ सय ६० रुपैयाँ, नयाँ नेपाल लघुवित्तको ३ हजार ५० रुपैयाँसम्ममा कारोबार भएको पाइयो ।  


 
 
 

Post Your Comment