Market Closed

जनउत्थानको हकप्रद माथि हकप्रद, फेरि २००% ल्याउने प्रस्तावसहित असार ३० मा एजीएम

24 Jun,2019
  • right_sharen_6_24_2019_10_15_35.jpg
नेपाली पैसा
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हकप्रद माथि हकप्रद थप गर्ने भएको छ । कम्पनीले यसअघिको सभाबाट पारित १००% हकप्रद बिक्री हुन नपाई पुनः २००% हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ । जलउत्थानले हाल कायम २ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजीको २०% बोनस सेयर दिने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

प्रस्तावित २०% बोनस र असार १२ गतेदेखि बिक्री हुन लागेको १००% हकप्रद बिक्रीपछि कायम हुने ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुँजीमा पुनः २००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । १ः२ अनुपातमा हकप्रद जारी गरी लघुवित्तले चुक्ता पुँजी १२ करोड ६७ हजार २० हजार रुपैयाँ पुर्याउनेछ ।
 
कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ३ लाख ३ हजार १५७ रुपैयाँ नगद लांभाश पनि दिने भएको छ । सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सान हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।
 
यता, मर्जर तथा एक्विजिसनको बाटो पनि खुला राखिने भएको छ । अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा समेत छ । सभा प्रयोजनका लागि कम्पनीले असार १८ गते बुक क्लोज गर्नेछ । तसर्थ, असार १७ गतेसम्म कायम रहने सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । 
 

Post Your Comment