Market Closed

जनउत्थान लघुवित्तको १००% हकप्रद खुल्यो, फेरि अर्को २००% पनि आउँदै

27 Jun,2019
  • Right-Share_new_6_26_2019_10_49_55.jpg
नेपाली पैसा  
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले बिहीबार (असार १२ गते) देखि १००% हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जनउत्थानले प्रतिकित्ता १०० रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला गरेको छ । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
 
असार १ गतेसम्म कायम सेयरधनीले  हकप्रद भर्न सक्नेछन् । हकप्रदपछि पुँजीको संस्थापक र सर्वसाधारणको पुँजी सरचना ५५ः४५ अनुपातमा हुनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । 
 
हकप्रदबाट पाप्त भएको रकम कर्जा प्रवाह, बैैक मैज्दात तथा शाखा विस्तारमा लगानी हुने कम्पनीको भनाई छ । जनउत्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ८२ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दनी ६५ रुपैयाँ २२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २५८ रुपैयाँ १६ पैसा छ । हाल यसको चुक्ता पुँजी ३ करोड ९० लाख ६० हजार रुपैयाँ छ ।
 
कम्पनीले गत वर्ष कायम चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको १००% हकप्रद सेयर जारी गरेको हो । यस लघुवित्तको रजिष्टर्ड कार्यालय बुटवल १५ रुपन्देहीमा छ । कम्पनीले २०% बोनस सेयर दिंदैछ । २०% बोनस र १००% हकप्रद बिक्रीपछि कायम पुँजीबाट फेरि अर्को २००% हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । 

जनउत्थानको हकप्रद माथि हकप्रद, फेरि २००% ल्याउने प्रस्तावसहित असार ३० मा एजीएम


जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment