Market Closed

हकप्रद हंगामा मच्चाएको जनउत्थान लघुवित्तको २०% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

02 Jul,2019
  • book_close_6_30_2019_1_36_51.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनस सुरक्षित गर्न सेयरधनी बन्ने मंगलबार (असार १७ गते) अन्तिम दिन हो । कम्पनीले २०% लाभांश वितरण सहित अन्य महत्वपूर्ण प्रस्ताव पारित गर्न असार ३० गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि जनउत्थानले बुधबार (असार १८ गते) देखि क्लोज गर्नेछ । तसर्थ, मंगलबार सम्म कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
 
 कम्पनीले हाल कायम २ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजीको २०% बोनस सेयर दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ । बोनसमा लाग्ने कर तिर्न ३ लाख ३ हजार १५७ रुपैयाँ नगद लाभांश पनि दिनेछ ।
 
प्रस्तावित २०% बोनस र असार १२ गतेदेखि खुला भएको १००% हकप्रद बिक्रीपछि चुक्ता पूँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ । यही पुँजीमा जनउत्थानले फेरि २००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । १ः२ अनुपातमा हकप्रद जारी चुक्ता पुँजी १२ करोड ६७ हजार २० हजार रुपैयाँ पुग्नेछ । 
 
 सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सान हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।
 
यता, मर्जर तथा एक्विजिसनको बाटो पनि खुला राखिने भएको छ । अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा समेत छ । 

जनउत्थान लघुवित्तको १००% हकप्रद खुल्यो, फेरि अर्को २००% पनि आउँदै

जनउत्थानको हकप्रद माथि हकप्रद, फेरि २००% ल्याउने प्रस्तावसहित असार ३० मा एजीएम


जनउत्थान लघुवित्तको एजीएम सम्बन्धी जानकारी यहाँबाट लिनुहोस् । 
 

Post Your Comment