Market Closed

जनउत्थानको २०% बोनसमा मूल्य समायोजन, असार ३० मा एजीएम गर्दै

03 Jul,2019
  • Price_adjustment_7_3_2019_11_12_27.jpg
नेपाली पैसा
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्तको २०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बुधबार यसको सेयर कारोबार प्रतिकित्ता १ हजार ९० रुपैयाँ ९१ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १ हजार २६४ रुपैयाँ २० पैसा छ । कम्पनीले हाल कायम २ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजीबाट २०% बोनस सेयर दिने प्रस्ताव पारित गर्न असार ३० गते साधारण सभा बोलाएको छ । 
 
साधारण सभा गर्न बुधबारदेखि बुक क्लोज भएको हो । जनउत्थानले असार १२ गतेदेखि १००% हकप्रद पनि बिक्री खुला गरेको छ । प्रस्तावित २०% बोनस र १००% हकप्रद बिक्रीपछि कायम हुने ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुँजीमा फेरि २००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । 
 
जनउत्थानले १ः२ अनुपातमा हकप्रद जारी गरी चुक्ता पुँजी १२ करोड ६७ हजार २० हजार रुपैयाँ पुर्याउनेछ । यता, मर्जर तथा एक्विजिसनको बाटो पनि खुला राखिने भएको छ । अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डासमेत सभामा पेश हुनेछ ।

Post Your Comment