Market Closed

जनउत्थान लघुवित्तको आज एजीएम, बोनस र हकप्रद जारी गरेर पुँजी वृद्धि योजना

15 Jul,2019
  • agm_new_7_15_2019_10_15_40.png
नेपाली पैसा 
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हकप्रद माथि हकप्रद थप गर्ने भएको छ । कम्पनीले यसअघिको सभाबाट पारित १००% हकप्रद बिक्री हुन नपाई पुनः २००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव सहित आज सोमबार (असार ३० गते) वार्षिक साधारण सभा बोलाएको छ । जलउत्थानले हाल कायम २ करोड ८८ लाख रुपैयाँ चुक्ता पुँजीको २०% बोनस सेयर दिने प्रस्ताव पनि सभामा पेश गर्नेछ । सभा होटेल न्यू ईरा, कालिकापथ रुपन्देहीमा बिहान ११ बजे सुरु हुँदैछ । 
 
प्रस्तावित २०% बोनस र असार १२ गतेदेखि बिक्री हुन लागेको १००% हकप्रद बिक्रीपछि कायम हुने ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुँजीमा पुनः २००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । १ः२ अनुपातमा हकप्रद जारी गरी लघुवित्तले चुक्ता पुँजी १२ करोड ६७ हजार २० हजार रुपैयाँ पुर्याउनेछ ।
 
कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ३ लाख ३ हजार १५७ रुपैयाँ नगद लांभाश पनि दिने भएको छ । सभामा २०७४–७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सान हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।
 
यता, मर्जर तथा एक्विजिसनको बाटो पनि खुला राखिने भएको छ । अन्य संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा समेत छ । सभा प्रयोजनका लागि कम्पनीले असार १८ गते बुक क्लोज गरेको छ । तसर्थ, असार १७ गतेसम्म कायम रहने सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । 
 

Post Your Comment