Market Closed

जनउत्थान लघुवित्तको हकप्रद भर्न अब कति समय बाँकी ? फेरि अर्को पनि आउँदै

29 Jul,2019
  • Right_share_7_29_2019_4_41_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १००% हकप्रदमा आवेदन दिने बुधबार (साउन १५ गते) अन्तिम दिन हो । लगानीकर्तालाई अब मंगलबार र बुधबार गरी जम्मा दिन मात्र हकप्रद भर्ने समय बाँकी छ । जनउत्थानले गत असार १२ गतेदेखि १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । १०० रुपैयाँ अंकित मूल्यको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला भएको हो । 
 
असार १ गतेसम्म कायम सेयरधनीले  हकप्रद भर्न सक्नेछन् । हकप्रदपछि पुँजीको संस्थापक र सर्वसाधारणको पुँजी सरचना ५५ः४५ अनुपातमा हुनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ । हकप्रदबाट पाप्त भएको रकम कर्जा प्रवाह, बैैक मैज्दात तथा शाखा विस्तारमा लगानी हुने कम्पनीको भनाई छ ।  हाल यसको चुक्ता पुँजी ३ करोड ९० लाख ६० हजार रुपैयाँ छ ।
 
कम्पनीले गत वर्ष कायम चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको १००% हकप्रद सेयर जारी गरेको हो । यस लघुवित्तको रजिष्टर्ड कार्यालय बुटवल १५ रुपन्देहीमा छ । कम्पनीले २०% बोनस सेयर दिने निर्णय पारित गरिसकेको छ । २०% बोनस र १००% हकप्रद बिक्रीपछि कायम पुँजीबाट फेरि अर्को २००% हकप्रद सेयर जारी गर्ने तयारी भएको कम्पनीको भनाई छ । 

 

Post Your Comment