जनउत्थान लघुवित्तको १८ हजार ५०३ कित्ता सेयरको बोलपत्र आज खोलिने

08 Sep,2019
  • Bid-Opening_9_8_2019_10_50_52.jpg
नेपाली पैसा
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको १८ हजार ५०३ कित्ता सेयर लिलामीको बोलपत्र  खोलिंदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल, काठमाडौंमा दिउँसो ४ बजे बोलपत्र खोल्न सुरु गरिने कार्यक्रम रहेको छ । जनउत्थानले भदौ १० गतेबाट १७ गतेसम्म सर्वसाधारण समूहको १८ हजार ५०३ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

कम्पनीले यसअघि असार १२ गतेदेखि साउन १५ गतेसम्म २ लाख ८८ हजार कित्ता (१००%) हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । जसमा १८ हजार ५०३ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको हकप्रद सेयर लिलामी प्रक्रियाबाट बेचिएको हो ।  
 
हाल यस कम्पनीको चुक्ता पुँजी ४ करोड २९ लाख ६८ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले २ करोड ४६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जनउत्थानको प्रतिसेयर आम्दानी ७३ रुपैयाँ ७३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ३२७ रुपैयाँ १ पैसा छ । 
 

Post Your Comment