Market Closed

जनता क्यापिटलले ८% नगद लाभांश दिने, भदौ २६ मा एजीएम

22 Aug,2019
  • dividends_8_22_2019_5_31_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनता क्यापिटलले ८% नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले हाल कायम चुक्ता पुँजीबाट ८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जनताले १ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।  हाल यसको चुक्ता पुँजी २० करोड रुपैयाँ छ ।

लाभांश लगायतका प्रस्ताव पारित गर्न जनता क्यापिटलले भदौ २६ गते साधारण सभा बोलाएको छ । सभा जनता बैंक नेपालको सभाहल, थापाथली काठमाडौंमा साँझ ५.४५ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 
 

Post Your Comment