Market Closed

कैलाशको खुद नाफामा भारी बढोत्तरी, प्रतिसेयर आम्दानी पनि पुग्यो ३२.९६ रूपैयाँ

08 Nov,2016
  • kailas_11_8_2016_10_35_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड एक लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
बैंकको यो नाफा गत वर्षको भन्दा सात करोड ८२ लाख ६७ हजार रुपैयाँले बढी हो । बैंकले गत वर्ष यही अवधिमा जम्मा पाँच करोड १९ लाख ३१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
 
खुद नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि चुलिएको छ । गत वर्ष १८.७१ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले ३२.९६ रूपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी बढ्नु लगानीकर्ताका लागि खुशीको विषय हो । 
 
कैलाशको चुक्ता पुँजी एक अर्ब ५८ करोड तीन लाख ३६ हजार रूपैयाँ हुँदा रिजर्भ कोषमा ९९ करोड ४३ लाख ६८ हजार रुपैयाँ पुगेको छ । जबकी गत वर्ष यही समयमा बैंकको रिजर्भ कोषमा ३२ करोड ६१ लाख ६१ ह्जार रुपैयाँ मात्र थियो । 
 
बैंकको प्रतिसेयर नेटवर्थ १६२.९३  रुपैयाँ पुगेको छ । नाफा बढाउनुमा ब्याज आम्दानीको प्रमुख भूमिका रहेको देखिन्छ । 
 
चालु आवको पहिलो त्रैमासमा बैंकले २१ करोड २१ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा खुुद ब्याज आम्दानी जम्मा नौ करोड ८० लाख ७६ हजार रुपैयाँ रहेको थियो । 
 
बैंकको खराब कर्जा अनुपात ०.९८ प्रतिशत, कस्ट अफ फन्ड ४.७८ प्रतिशत छ । 
 

Post Your Comment