Market Closed

कैलाशको खुद नाफा १९.०८% ले बढ्यो, १७% नगद लाभांश पनि वितरण गर्दै

04 Nov,2018
  • Kailash-bikas-bank-L_7_31_2018_1_02_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कैलाशले गत वर्ष भन्दा १९.०८% ले बढाएको हो । गत वर्ष यसको नाफा ९ करोड ७२ लाख ४२ हजार रुपैयाँ मात्र थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ७२.८०% र ९८.१९% ले वृद्धि भएको छ ।

गत वर्ष १५ करोड ४५ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कैलाशले यसपटक बढाएर २६ करोड ७० लाख ३५ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा ८ करोड ६४ लाखबाट बढाएर १७ करोड १३ लाख ८९ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । 
 
निक्षेप संकलन पनि १८ अर्ब ६२ करोड रुपैयाँबाट बढाएर २४ अर्ब २५ करोड ९३ लाख ४१ हजार रुपैयाँ पुर्याउदा २० अर्ब ९२ करोड ८८ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । गत वर्ष बैंकले १५ अर्ब ९८ करोड ९५ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । 
 
चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब २० करोड ६५ लाख ३२ हजार रुपैयाँ छ । बैंकले गत वर्षको कमाईबाट १७% नगद लाभांश दिने घोषणा गरिसकेको छ । सञ्चालक समितिको यो प्रस्ताव राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताको खातामा पठाउने प्रक्रिया सुरु हुनेछ । 
 
प्रोभिजनमा १ करोड ९८ लाख १८ हजार रुपैयाँ छुट्याएको यो बैंकले १० लाख ९१ हजार रुपैयाँ मात्र राइट ब्याक गरेको छ । कैलाशको खराब कर्जा ०.९१% बाट घटेर ०.३०% मा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि १६ रुपैयाँ ९७ पैसाबाट बढेर १८ रुपैयाँ ०३ पैसा (वार्षिक) पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८७ पैसा छ । 

कैलाशको प्रगति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
 
 
 

Post Your Comment