Market Closed

कैलाशको १७% नगद लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी, पुस २२ मा एजीएम

16 Dec,2018
  • Kailash-bikas-bank-L_7_31_2018_1_02_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : कैलाश विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्न अब ४ दिन मात्र समय बाँकी रहेको छ । कैलाशले लाभांश लगायतका महत्वपूर्ण प्रस्ताव पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ । यसका लागि बैंकले शुक्रबार (पुस ६ गते) देखि बुक क्लोज गर्दैछ ।

यसर्थ, बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात पुस ५ गते (बिहीबार) सम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्न सक्नेछन् । बैंकले गत आर्थिक वर्षको कमाईबाट १७% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । नगदमा कैलाशले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ खर्च गर्न लागेको हो ।
 
साधारण सभा अमृतभोग पार्टी प्यालेस, कालीकास्थान काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । बैंकको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुनेछ । 
 
बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने भएको खण्डमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गर्नेछ । हाल कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८७ पैसा छ ।   
 

Post Your Comment