Market Closed

कैलाशले आइतबार बोलायो साधारण सभा : १७% लाभांश, मर्जरको विकल्प खुला

03 Jan,2019
  • Kailash-bikas-bank-L_7_31_2018_1_02_40.jpg
नेपाली पैसा 

काठमाडौं : कैलाश विकास बैंकले आइतबार (पुस २२ गते) साधारण सभा बोलाएको छ । बैंकले सभामा १७% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । पुस ५ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । कैलाशले साधारण सभा गर्न पुस ६ गते बुक क्लोज गरेको हो । 
 
 नगद लाभा)श वितरणमा कैलाशले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ खर्च गर्नेछ । साधारण सभा अमृतभोग पार्टी प्यालेस, कालीकास्थान काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । 
 
 आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न तथा गाभिन परेमा  त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि हुनेछ ।

हाल कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ छ । कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८७ पैसा छ । 

Post Your Comment