Market Closed

कैलाशको एजीएम आज : १७% नगद लाभांश, आवश्यक परे मर्जरमा जान पनि तयार

06 Jan,2019
  • Kailash-bikas-bank-L_7_31_2018_1_02_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : कैलाश विकास बैंकको साधारण सभा आइतबार (पुस २२ गते) अमृतभोग पार्टी प्यालेस, कालिकास्थान काठमाडौंमा बिहान १०.३० बजे सुरु भएको छ । सभामा बैंकले १७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । साधारण सभा गर्न बैंकले पुस ६ गते बुक क्लोज गरिसकेको छ । यसर्थ पुस ५ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
 
नगद लाभांश वितरणमा कैलाशले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ खर्च गर्नेछ । आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि सभामा पेश हुनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुदैछ । हाल कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८७ पैसा छ ।
 

Post Your Comment