Market Closed

कैलाशको खुद नाफामा सामान्य सुधार, प्रतिसेयर आम्दानी २१.८५ रुपैयाँ

29 Jan,2019
  • Kailash-bikas-bank-L_7_31_2018_1_02_40.jpg
नेपाली पैसा
 
काठमाडौं : कैलाश विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा २७ करोड ४६ लाख ६७ हजार रुपैयाँ खुद नाफा काएको छ । गत वर्षको यही अवधिमा भन्दा ३.२३% ले खुद नाफा वृद्धि गरेको हो । बैंकले गत वर्ष २६ करोड ६० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
कैलाशले खुद ब्याज आम्दानी ५४.०८% ले बढाएर ६१ करोड १३ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । बैंकले गत वर्ष ३९ करोड ६७ लाख ६५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि ४६.३८% ले बढाएर ४१ करोड ३१ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष २८ करोड २२ लाख ३६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
 
बैंकले निक्षेप संकलन १९ अर्ब ११ करोड ३४ लाख रुपैयाँबाट बढाएर २६ अर्ब ७२ लाख ८० हजार रुपैयाँ पुर्याएको छ । कर्जा प्रवाह पनि १७ अर्ब ५१ करोड ९२ रुपैयाँ बाट बढाएर २३ अर्ब ५४ करोड ६० लाख ५६ पुगेको छ । खराब कर्जामा ०.२३% ले घटेर ०.३३% प्रतिशत पुगेको छ ।
 
कैलाशको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ छ । रिजर्भ कोषमा ९३ करोड ६८ लाख ७५ हजार रुपैयाँ राखेको छ । गत वर्षको तुलनामा रिजर्भ कोष १६.८७% ले बढाएको हो । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ १७ पैसा रहेको छ । 

कैलाशको वित्तीय विवरण यहाँबाट हर्नुहोस् ।

Post Your Comment