Market Closed

विकास बैंकहरुले कति प्रतिशतमा दिँदैछन् सेयर किन्न ऋण ?

09 Jun,2019
  • share_lan_newds_6_9_2019_7_22_43.jpg
नेपाली पैसा 
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा नयाँ आधारदर सर्वाजनिक गरिरहेका छन् । यसै आधारदरमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा प्रवाह गर्दै आएका छन् ।  वित्तीय संस्थाहरुले आवश्यकता र क्षमता अनुसार आधारदरमा प्रिमियम थप्ने गरेका छन् । यहाँ, हामीले चैत मसान्तसम्म सार्वजनिक गरेको आधारदरका आधारमा ११ राष्ट्रिय स्तरका विकास बैंकले प्रवाह गर्ने सेयर कर्जाको ब्याजदरका बारेमा जानकारी दिन लागेका छौं ।
 
सबै बैंकको आधारदर ११% भन्दा माथि
 
चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ११ राष्ट्रिय स्तरका विकास बैंककै आधारदर ११% भन्दा माथि रहेको छ । बैंकहरुको तेस्रो त्रैमासको आधारदरमा दोस्रो त्रैमासको आधारदर भन्दा खासै परिवर्तन छैन । चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको आधारदर ११.८७% रहेको छ । 


 
बैंकले यसमा ४.५% सम्म प्रिमियम थप गरेर सेयर कर्जा प्रवाह गर्दै आएको छ । आधारदरमा सबैभन्दा धेरै प्रिमियम थप गर्नेमा लुम्बिनी विकास बैंक परेको छ । बैंकको चैत मसान्तसम्ममा आधारदर ११.१३% छ । यसमा ६.८७% सम्म प्रिमियम थप गरेर यसले सेयर कर्जा प्रवाह गर्दै आएको छ । 
 
यता, सबैभन्दा थोरै आधारदर कैलाश विकास बैंकको छ । यसको आधारदर तेस्रो त्रैमाससम्म आइपुग्दा ११.०६% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर कैलाशले सेयर कर्जा प्रवाह गर्छ । 
 
 
 

Post Your Comment