Market Closed

कुमारी बैंकको २०% हकप्रदसहित ५ कम्पनीको १ करोड ७० लाख कित्ता सेयर सूचीकृत

02 Sep,2018
  • Listing_9_2_2018_1_17_29.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार ५ कम्पनीको १ करोड ७० लाख ३ हजार ८४.४५ कित्ता सेयर सूचीकृत भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको १ करोड १९ लाख ३८ हजार ९९१.६५ कित्ता हकप्रद सूचीकृत भएको छ । सूर्या लाइफ इन्सुरेन्सले ४०% र कुमारी बैंकले २०% हकप्रद सेयर सूचीकरण गराएका हुन् । 


 
यसैगरी, मञ्जुश्री र युनाइटेड फाइनान्सको भने बोनस सेयर सूचीकृत भएको हो । मञ्जुश्रीले ५.७१% र युनाइटेडले १९% बोनस सेयर दिएका थिए । यता, सिटिजन्स बैंकले पनि हालै बिक्री गरेको ४ लाख ६३ हजार कित्ता एफपीओ नेप्सेमा सूचीकृत गराएको छ ।

Post Your Comment