Market Closed

कुमारीले ५० प्रतिशत हकप्रद सेयर प्रस्ताव पारित गर्न कात्तिक २९ मा बोलायो विशेष साधारण सभा

21 Oct,2016
  • kbl_10_21_2016_12_35_49.jpg
नेपाली पैसा 
काठमाडौं : कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गर्न कात्तिक २९ गते विशेष साधारण सभा बोलाएको छ । 
 
चुक्ता पुँजी आठ अर्ब पुर्याउन बैंकले ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्तावलाई विशेष साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । 
 
हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी बढ्ने भएकाले सोही अनुसार अधिकृत पुँजी, जारी पुँजी पनि बढाउन बैंकले विशेष साधारण सभाबाट अनुमोदन लिने भएको छ । 
 
कुमारीको हाल चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लाख ६६ हजार रूपैयाँ रहेको छ । बैंकले ५० प्रतिशत हकप्रदबाहेक काष्ठमण्डप डेभलपमेन्टलगायतका वित्तीय संस्थालाई पनि एक्वायर गर्ने निर्णय गरिसकेको छ । 
 
यसबाहेक गत वर्षको नाफाबाट लाभांश दिन बाँकी नै छ । बैंकको विशेष साधारण सभा कात्तिक २९ मा बिहान ११ बजे लैनचौर ब्यांकेट्समा बोलाएको छ । 
 

Post Your Comment