Market Closed

लाभांश पारित गर्न कुमारी बैंकले बोलायो एजीएम, बुक क्लोज कहिले ?

22 Nov,2020
  • agm_new_5_9_2019_10_07_44.png
नेपाली पैसा

काठमाडौं  : कुमारी बैंकले १४% लाभांश अनुमोदन गर्न मंसिर २९ गते वार्षिक साधारण सभा डाकेको छ । २० औं साधारण सभा बैंकको रजिष्टर्ड कार्यालय टंगाल, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १०.८५% बोनस सेयर र ३.१५% नगद लाभांश (करसहित) वितरण प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १५ गते बुक क्लोज गर्ने भएको छ । मंसिर १४ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ । 
 

Post Your Comment