Market Closed

नयाँ म्युचुअल फन्डहरु धमाधम आउँदै, पुँजी बजारमा पुग्ला त साँच्चिकै योगदान ?

23 Feb,2021
  • mutual_fund_img_2_23_2021_7_28_43.jpg
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो समय पुँजी बजारमा म्युचुअल फन्डहरुको उपस्थिति बाक्लो बन्दै गएको छ । हाल बजारमा १९ वटा म्युचुअल फन्ड सक्रिय छन् । मंगलबार मात्र नेप्सेमा सूचीकृत भएको सानिमा लार्ज क्याप फन्डलाई पनि जोड्ने हो भने बजारमा म्युचुअल फन्डको संख्या २० पुग्छ । यता, कुमारी क्यापिटलले पनि आफ्नो पहिलो म्युचुअल फन्ड स्कीम ‘कुमारी इक्विटी फन्ड’ को ८ करोड इकाई फागुन १४ गतेदखि बिक्री गर्न लागेको छ ।

म्युचुअल फन्डको अधिकांश लगानी रकम सेयर बजारमा हुने गरेको छ । यसर्थ, म्युचुअल फन्डहरुको उपस्थिति बढ्नु सेयर बजारका लागि सकारात्मक मानिन्छ । बजारलाई गतिशील र चलायमान बनाउन म्युचुअल फन्डहरुको भूमिका पनि महत्वपूर्ण मानिन्छ । सेयर बजारमा नव प्रवेशी र आधारभूत ज्ञन नभएका लगानीकर्तालाई पनि म्युचुअल फन्डमा लगानी गर्नु सुरक्षित मानिन्छ ।

लगानीकर्ताको सम्पतिबाट सुरक्षित लगानी गरी आकर्षक मुनाफा दिन सक्नुलाई म्युचुअल फन्डहरुको सफलताका रुपमा हेर्ने गरिएको छ । बजारलाई सन्तुलित बनाउन पनि फन्डहरुको भूमिक रहन्छ । म्युचुअल फन्डहरुले बजारलाई प्राविधिकरुपमा समेत सहयोग पुर्याउने अपेक्षा गरिन्छ । तर हामीकहाँ भने व्यवहारमा म्युचुअल फन्डहरुको भूमिका प्रभावकारी नभएको, बजारको विकासमा भन्दा पनि फन्डका योजनाहरु कारोबारी जस्ता देखिने गरेको आरोपहरु लाग्दै आएको छ । 
 
थप ७ वटा म्युचुअल फन्ड पाइपलाइनमा 
 
पुँजी बजारमा थप ७ वटा म्युचुअल फन्डहरु थपिने तयारीमा देखिएका छ । २ वटा खुलामुखी र ५ वटा बन्दमुखी गरी ७ वटा म्युचुअल फन्ड योजनाले इकाई बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । खुलामुखी योजना एनएमबि सरल बचत फन्ड–इ ले १० करोड इकाई बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।यस्तै, सिद्धार्थ क्यापिटलले पनि खुलामुखी योजना ‘सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्कीम’ सञ्चालन गर्न अनुमति मागेको छ ।



यी दुईले सञ्चालन अनुमति पाएमा एनआइबीएल सहभागिता फन्डसहित नेपालको बजारमा खुलामुखी योजना सञ्चालन गर्ने ३ वटा म्युचुअल फन्ड हुनेछन् । यता, एनआइसी एसिया सेलेक्ट–३०, प्रभु सेलेक्ट फन्ड र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ ले पनि सञ्चालन अनुमति मागेका छन् । यस्तै, सनराइज ब्लूचिप फन्ड र एनआइबीएल समृद्धि फन्ड–२ पनि बोर्डको पाइपलाइनमा रहेका छन् ।
 

Post Your Comment