Market Closed

किसान माइक्रोफाइनान्सको आइतबारदेखि ४ हजार १८३ कित्ता सेयर लिलामी खुल्ने

16 Jan,2019
  • Kisan-microfinance-bittiya_10_24_2017_10_47_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइतबार  (माघ ६ गते) देखि ४ हजार २८० कित्ता सेयर लिलामी खुल्ने भएको छ । संस्थापक समूहको १८३ कित्ता र सर्वसाधरणको समूहको ४ हजार ९७ कित्ता सेयर लिलामीमा आउन लागेको हो। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
 
आवेदन दिने अन्तिम म्याद माघ १३ गतेसम्म हुनेछ । कम्पनीले यसअघि मंसिर २ गतेदेखि पुस ८ गतेसम्म २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमा ४ हजार २८० कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको सेयर लिलामीमा ल्याउन लागिएको हो ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुनधारा काठमाडौं तथा किसान माइक्रोफाइनान्सको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सिभिल बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज र नारायणगढ शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 
 
हाल किसानको चुक्ता पुँजी ७ करोड ६४ लाख २ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामी बिक्रीपछि चुक्ता पुँजी १० करोड ४ लाख २७ हजार रुपैयाँ पुग्नेछ । 

पढ्नुहोस्, किसान माइक्रोफाइनान्सको लिलामी सम्बन्धी विवरण 

Post Your Comment