Market Closed

किसान माइक्रोफाइनान्सको खुद नाफा ४१४.७६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

06 Feb,2019
  • Kisan-microfinance-bittiya_10_24_2017_10_47_42.jpg
नेपाली पैसा
 
काठमाडौं : किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४१४.७६% ले बढाएर १ करोड १ लाख १० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले १९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा अत्याधिक वृद्धि गरेपछि खुद नाफा बढेको देखिन्छ ।
 
दोस्रो त्रैमासमा सञ्चालन नाफा ७१३.२३% ले बढाएर १ करोड ५२ लाख ४० हजार रुपैयाँ पुर्याएको छ । यस्तै, खुद ब्याज आम्दानी पनि ५६.१३% ले बढेर ३ करोड ६९ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्ष २ करोड ३६ लाख ५२ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 
 
यसले ३१ करोड ६३ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ३२ करोड ५४ लाख ८३ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ । गत वर्ष यसै अवधिमा २० करोड ४२ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरी ८५ करोड ५३ लाख ९४ हजार रुपैयाँ ऋण प्रवाह गरेको थियो । 
 
किसानको चुक्ता पुँजी ८ करोड ५५ लाख ८१ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा जगेडा कोषमा २ करोड ४४ लाख ४७ हजार रुपैयाँ जम्मा भएको छ । गत वर्ष जगेडा कोषमा २ करोड ३८ लाख ७२ हजार रुपैयाँजम्मा भएको थियो ।
 
किसानको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २ पैसाले बढेर १४ रुपैयाँ ११ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर अम्दानी ४ रुपैयाँ ९१ पैसा रहेको थियो । यता, प्रतिसेयर नटवर्थ भने ६ रुपैयाँ ११ पैसाले घटेर १५३ रुपैयाँ ५७ पैसामा आएको छ ।

किसान माइक्रोफाइनान्सको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment