किसान माइक्रोफाइनान्सको नाफा बढ्यो तर जगेडा कोष खुम्चियो

06 May,2019
  • Kisan-microfinance-bittiya_10_24_2017_10_47_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले खुद नाफा सँगै सञ्चालन नाफा र ब्याज आम्दानीमा आकर्षक सुधार गरेको छ । तर, यस अवधिमा संस्थाको जगेडा कोष भने घटेको छ । किसानले चैत मसान्त सम्म १ करोड ३२ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा १०९.६४% ले बढी हो । गत वर्ष यसै अवधिमा किसानको नाफा ६३ लाख ३२ हजार रुपैयाँ थियो । 
 
कम्पनीको सञ्चालन नाफा पनि गत वर्षको तुलनामा १३७.०८% ले बढेर १ करोड ८५ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ७८ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । यस अवधिमा खुद ब्याज आम्दानी ५०.८४% ले बढेर ५ करोड ४९ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३ करोड ६४ लाख ८ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । 
 
किसानको चुक्ता पुँजी गत वर्षको भन्दा १२४.४९% ले बढेर ८ करोड ९७ लाख ९७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा यसले ३४ करोड ४५ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ३९ करोड ८५ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
 
जगेडा कोष भने ४२.७२% ले घटेर २ करोड ३४ लाख ४ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष जगेडा कोषमा ४ करोड ८ लाख ६६ हजार रुपैयाँ थियो । किसानको खराब कर्जा १.११% ले घटेर १.३७% पुगेको छ । गत वर्ष खराव कर्जा २.४८% थियो । 
 
किसानको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५९ पैसाले बढेर १८ रुपैयाँ ४२ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८३ पैसा थियो । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ०६ रहेको छ । गत वर्ष भन्दा प्रतिसेयर नेटवर्थ घटेको हो । गत वर्ष प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ १७ पैसा थियो । 

Post Your Comment