किसान माइक्रोफाइनान्सको नाफा ८१.४७% ले बढ्यो, कति छ कर्जा लगानी ?

01 Aug,2019
  • Kisan-microfinance-bittiya_10_24_2017_10_47_42.jpg
नेपाली पैसा
 
काठमाडौं : किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड २१ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ८१.४७% धेरै हो । अघिल्लो वर्ष किसानले यसै अवधिमा १ करोड २१ लाख ८१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
किसानले खुद ब्याज आम्दानी ५३.९६% र सञ्चालन नाफा १०२.८५% ले बढाएपछि खुद नाफामा आकर्षक सुधार गरेको हो । अघिल्लो वर्ष ५ करोड ४२ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको किसानले यो त्रैमासमा बढाएर ८ करोड ३५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि १ करोड ३३ लाख ९४ हजार रुपैयाँबाट बढोत्तरी भएर २ करोड ७१ लाख ७१ हजार रुपैयाँ कायम भएको छ ।
 
किसानले असारसम्म ३७ करोड २३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३२ करोड ३५ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष कम्पनीले २५ करोड ९० लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ करोड ७४ लाख रुपैयाँ कर्जामा लगानी गरेको थियो । हालसम्म किसानको चुक्ता पुँजी ८ करोड ६० लाख ९ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ३ करोड ६० लाख २३ हजार रुपैयाँ रहेको छ ।
 
कम्पनीको खराब कर्जामा पनि सुधार भएर ०.७७% कायाम भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.९३% रहेको थियो । किसानको कस्ट अफ फन्ड १२.२६% र कर्जा निक्षेप अनुपात ९२.४५% छ । कम्पनीको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७० पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८८ पैसा रहेको छ ।
 
किसान माइक्रोफाइनान्स, मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक आपसमा गाभिएर एउटै कम्पनी हुँदैछन् । यी ३ वटै कम्पनीले मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गरेका छन् । मर्जरपछि पुँजी वृद्धि गरी सबल तथा उत्कृष्ट राष्ट्रियस्तरको लघुवित्त संस्था बन्ने यी ३ कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

Post Your Comment