Market Closed

कन्काईको ६.१६% बोनस सेयर समायोजनपछि कति रुपैयाँमा खुल्यो कारोबार ?

16 Jan,2018
  • Kankaii-development-bank-Ltd_1_16_2018_11_29_27.jpg
नेपाली पैसा
 
काठमाडौं : कन्काई विकास बैंकको ६.१६% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता १५६ रुपैयाँमा झरेको छ । यसआधारमा, मंगलबार बैंकको पहिलो कारोबार १५६ रुपैयाँलाई नै आधार मोनर खुलेको छ । कन्काईको औसत आधार मूल्य भने २२८ रुपैयाँ हो । बैंकले माघ १६ मा हुने साधारण सभामा ६.१६% बोनस सेयर र १५ लाख २६ हजार ३१६ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गर्दैछ । यसका लागि बैंकले मंगलबार बुक क्लोज गरेको हो । सभामा आर्थिक वर्ष २०७३–७४ वार्षिक प्रतिवेदन र वासलात, नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । कन्काईले हालै बिक्री गरेको २१४% हकप्रदपछि कायम चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँबाट लाभांश वितरण गर्न लागेको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८३ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा छ ।

Post Your Comment