कन्काई विकास बैंकले दिने भयो ९.५% लाभांश, कति छ बोनस ?

07 Sep,2018
  • Kankaii-development-ba_8_2_2018_5_41_41.jpg
 नेपाली पैसा 
 
काठमाडौं : कन्काई विकास बैंकले हाल कायम चुक्ता पुँजीबाट ९.५% लाभांश दिने घोषणा गरेको छ । जसमा बैंकले ३% बोनस र ६.५०% नगद लाभांश दिन लागेको हो । कन्काईले बोनसका लागि १ करोड ५० लाख रुपैयाँ र नगद लाभांशमा ३ करोड २५ लाख रुपैयाँ खर्च गर्नेछ ।

बैंक सञ्चालक समितिको भदौ १९ गते बसेको बैंठकले लाभांश प्रस्ताव गरेको हो । अब यस प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्कीकृति दिएपछि मात्र वितरण प्रकृया अघि बढ्नेछ । 
 
हाल यस बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । कन्काई विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४ करोड ४५ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९१ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ०२ पैसा छ । 
 
 
 
 
 

Post Your Comment