Market Closed

कन्काईले मंसिर १० मा बोलायो एजीएम, ९.५०% लाभांश र कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेन्डा

05 Nov,2018
  • Kankaii-development-ba_8_2_2018_5_41_41.jpg
नेपाली पैसा
 
काठमाडौं : कन्काई विकास बैंकले मंसिर १० गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा ३% बोनस सेयर र ६.५०% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । बैंकले थप २ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने एजेन्डा पनि सभामा लैजानेछ । सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
 
यता, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रवन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । कन्काईले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने भएमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा बनाएको छ । साधारण सभा गोरखा डिपार्टमेन्ट स्टोरको सभाहल दमक, झापामा दिउँसो १ बजे सुरु हुनेछ ।
 
वार्षिक साधारण सभा गर्न कन्काईले कात्तिक २८ गते बुक क्लोज गर्ने भएको छ । कात्तिक २७ गतेभित्र कायम रहने सेयरधनीले मात्र बैंकले दिने लाभांश पाउनेछन् । कन्काईले ३% बोनस सेयरपछि चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले ३४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ४२ पैसा रहेको छ ।

Post Your Comment