Market Closed

कन्काईको ९.५०% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? कार्य क्षेत्र विस्तार, मर्जमा जाने योजना

10 Nov,2018
  • Kankaii-development-ba_8_2_2018_5_41_41.jpg
नेपाली पैसा 
 
काठमाडौं : कन्काई विकास बैंकको ९.५०% लाभांश सुरक्षित गर्न कात्तिक २७ गतेसम्म समय बाँकी रहेको छ । कन्काईले ९.५०% लाभांश सहित अन्य महत्वपूर्ण एजेन्डा पारित गर्न मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । यसका लागि कात्तिक २८ गते बुक क्लोज हुँदैछ ।

बैंकले वितरण गर्न लागेको लाभांश पाउन कात्तिक २७ गतेसम्म कन्काईको सेयरधनी भइसक्नुपर्नेछ । बैंकले सेयरधनीलाई ३% बोनस सेयर र ६.५०% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्दैछ। थप २ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने एजेन्डा पनि राखिने भएको छ । सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
 
यता, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रवन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । कन्काईले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने भएमा सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा बनाएको छ ।

यसआधारमा कन्काई मर्जमा जान वा अन्य संस्थालाई खरिद गर्न समेत तयार रहेको देखिन्छ । साधारण सभा गोरखा डिपार्टमेन्ट स्टोरको सभाहल दमक, झापामा दिउँसो १ बजे सुरु हुनेछ ।
 
कन्काईले ३% बोनस सेयरपछि चुक्ता पुँजी ५१ करोड ५० लाख रुपैयाँ पुर्याउनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले ३४ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ७३ पैसा रहेको कन्काईको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ४२ पैसा छ ।

Post Your Comment